साहेबका सेवक : गुलाम रस्सुल गलवान

साहेबका सेवक : गुलाम रस्सुल गलवान

– नारायणबाबु थापा

क्रमशः....
सबैले मलाई छिट्टै मर्छ भने पनि साथी रमाजानले भने धेरै नै सहयोग गरे । एकदिन दुवै साहेब र साथीहरू मछेउ आए । खुशी लाग्यो तर दुःखको समाचार सुनेर आएका रहेछन्  । खासमा लेहमा मेरी श्रीमतीको निधन भएको रहेछ । त्यो बेला भने सुनाएनन् । साहेबले नभन्नु भनेका रहेछन् । मेरो घुँडाको रोग निको पार्न दुईजना मुल्लाहले मन्त्रहरू गरेर पट्टी बाँधे । विस्तारै ठीक भयो । साहेबले मलाई कमजोर भएकाले तीनवटा अण्डा दैनिक खान दिए । 

लामो दिन हिँडेपछि ४ जना बाल्टिस गाइडहरू आए । साहेबले म र गुलाम रसुललाई मुस्ताङ पास जान सँगै अघि बढाए । नयाँ देश देखिने भयो जस्तो लाग्यो । बडो गाह्रो बाटो, डरलाग्दो । घोडाहरू लडेर मरे, सामान पोखिए, चिसोको कुरो गरिसाध्यै भएन । एउटा पास पार भएपछि तल भ्याली आयो । घरहरू छन्, मानिस छैनन् । कुन्जुटी अर्थात् हुञ्जाहरूले दुःख दिएर छाडेका । तिनै विरुद्ध हो योङहस्ब्याण्डले १८८९ मा फौजी अपरेशन गरेर धेरैलाई मारेको । अहिले ब्रिटिशको अधिनमा परेको कारण पलायन भएका स्थानीय मानिस फर्कन सक्ने भएछन् । अर्को दिन ठूलो रासकुम भ्याली पुगियो । धेरै सुन्दर भ्याली, जंगलले घेरिएको । बाल्टिस गाइडले अब मुस्ताङ पास आउने बतायो । सबै तयारी गरियो । ८ दिनको खाना हुनुपर्ने बताए । त्यहाँबाट अघि दभान आउने । गुलाम रसुल अलि म भन्दा पाको भएकोले कतै बाल्टीले हामीलाई गलत बाटो त लगेनन् भनेर सतर्क गराए । सबैतिर हिउँ मात्रै, जानै नसकिने बाटो । तीनतिर तालहरू । साहेबले सोधे– जान सकिन्छ कि सकिन्न ? मैले सकिँदैन भनें । हामी सरकारको आदेशले आएको हो, मरे मरिन्छ । तिमी सक्दैनौ भने नआऊ भने । म मा पनि साहस आयो । यदि साहेब जाने हो भने म पनि जान्छु, सँगै मर्छु भनें । तिमी राम्रो मान्छे रहेछौ भने । अन्ततः साहेब पनि जान सकेनन् । यस्तो खतरनाक स्थानमा मर्न सकिँदैन, हामी साहीदुला फर्केर लेह जाऊँ भनें । मैले हुन्छ सर भनें । 

घाेडाहरू लडेर मरे, सामान पाेखिए, चिसाेकाे  कुराे गरिसाध्यै भएन ।

हामी फर्कियौं । खानेकुरा सकियो । ७ जना थियौं । झण्डै मरिएको भनेर ज्यादै डराए । साहेबको गोडा चिसो भएकाले पेटमा राखेर ततायौं । भोलिपल्ट झन् हिउँ प¥यो गहु्रँगा सामानहरू फाल्दिन भने साहेबले । साहेबले ब्राण्डी पिउन भने, पिउँदैनौं सर भनेको यसले जाडो भगाउँछ भने । रसुलले आधा र मैले आधा कप पिएँ । पूरै पेट पोल्यो । हिंड्दा हिंड्दै साहेबसँग छुट्यौं । त्यो रात अलग अलग भइयो, बडो चिन्ता लाग्यो । बिहान भेटिए साहेब । खुशी भए । बाटोमा ब्राण्डी पिइदिएर गल्ती गरियो सर भनें । साहेबले ठीक छ, कमसेकम बाँच्यौ भने । खाना सकिंदै गएकाले शिकार गर्नुपर्ने भयो । सुगेत पुग्न हिंडियो । बालीले बाल्टी पछि आउँछु भनेर छकाए, २ दिनसम्म आएनन् । पहिला लुकाएको मासु बाल्टीहरूले खाएछन् । हड्डी मात्र बाँकी देखियो । आगो बालेर त्यही पनि उमालियो । एकपछि अर्को बाल्टीले धोका दिंदै गए । रसुलले मैले पहिल्यै भनेको हैन भनेर सम्झाए । कसैले मानेन मेरो कुरा । अब दुई साहेब र हामी २ रसुल मात्र बाँकी भइयो । 

एकदिन पहाडमा घर भेटियो ढोका बन्द, ढोका फोडेर भित्र गएँ । त्यहाँ पुग्दो चामल भेटियो । त्यही पकाएर खाइयो र केही लिएर पनि हिंडियो । ठूलो भ्याली पुगियो, घोंडाहरू चरेको देखेर आश पलायो । केही मानिस भेटिए । मैले तुर्कीमा कहाँबाट आएको भनेर सोधें । पाक्पोबाट बजा दारा फोर्ट जान भने । तिनीहरू ताजिक रहेछन्, हामीलाई कन्जुटीको डाँकु हुन् भनेर डराएका । मैले साहेब भेटाइदिएँ, कहिल्यै विदेशी नदेखेका । हामीलाई पाक्पोसम्म जान मुश्किलले घोंडा र एकजना दिने भए । हामीले पैसा दियौं । खानेकुराको ब्यवस्था भयो, साहेब खुशी भए । अब पाक्पो भ्याली आइयो । 

मानिसहरू भेटिए, पाल बाहिर आए, मलाई कता डाँकुको सदस्य त हैन भन्ठानेछन्, फेहरिस्त बताएँ । खुशी भए, खानेकुरा दिए । साहेबहरू आउँदै गरेकोले सबै तयारी गरें । भेंडा किनें । साहेब आएपछि खुशी भए । बाटोमा पाका मुहमद फेजुल्ला भेटिए । उनले हामीलाई चिन्ने रहेछन् । सुकुर गलवानका छोरा पनि ! कुगियार पुग्यौं । सुकुर गलवान भेटिए । यात्राको कठिनाइबारे बताएँ । तिमी मसँगै यारकान्द बस्छौ भने यस्तो दुःख पाउँदैनौ भने । साहेबलाई राम्रो तयारीका साथ पार्टी दिने भए । साहेबले किन यस्तो दुःख बेसाएको भने । साहेबहरू ठूलो पाहुना हो, त्यसैले सम्मान गरेको भनेर भव्य तयारीका साथ पार्टी दिए । 

यो कठिन यात्राबाट पनि बाँचेर पुनः आफ्नै लेह आइयो । यसपाली राम्रो पैसा कमाएको र आमालाई दिएकोले ज्यादै खुशी भइन् । मेरा श्रीमती बितेकी थिइन् । तिम्रो पहिलाको श्रीमती असल थिइन्, तिनले छाडेर गएपछि धेरै सम्झना आइरहन्छन् । अब उमेर लामो छ, अर्को बिहे गर्न भनिन् । आमालाई हेरेर कुरा गर भनेको, तिमीले पहिला हेर्दै नहेरी कसरी गर्नु भनिन् । त्यहाँ तमाशा लाग्ने रहेछ मेला । कलाम र म गइयो । त्यहाँ एउटी केटीलाई देखें । घरमा आएर आमालाई कुरा अघि बढाउन भनें । हामी त धेरै खर्च नगर्नेमा थियौं, लद्दाखी साथी सोनाम वाङदुसले भब्य गर्नुपर्छ, नपुगे हामी सहयोग गरौंला भनेर उक्साए । मेरा धेरै बुद्धिष्ट साथीहरू थिए, उनीहरूले भनेअनुसार पनि गर्नै पर्ने भयो । साथीहरूको समूह लिन गयो । हिन्दू, बुद्धिष्ट सबै आए । केही न केही उपहार ल्याए । सबैको टिप्ने चलन थियो, उनीहरूको पर्वमा यसरी नै फिर्ता गर्ने चलन छ । ठूलो पार्टी दिइयो । यारकान्दी, बाल्टी र गिलगिटका नाच देखाए साथीहरूले । म, दुःखीलाई अब फेरि भरियाकै काम खोज्नुपर्ने भयो ।
 

टिप्पणीहरू