सेनामा लुकेको घाउ, जो कहिल्यै सुक्दैन

सेनामा लुकेको घाउ, जो कहिल्यै सुक्दैन

पछिल्लो समय नेपाली सेनाभित्र तल्लो दर्जाले उधारो पेन्सनमा राजीनामा दिने वा बीचमै जागिरछाडी विदेश पलायन हुनेहरूको संख्या ह्वात्तै बढेको छ । सेनामा भनसुन लाग्दैन, रोलक्रममा सबैकाम हुन्छ भनिन्छ । तर, यो त नक्कली पर्दा मात्रै हो । 

प्रधानसेनापतिको लाइनमा भएका दुई तारेहरूले आफू अगाडि जान र सिनियरको यात्रामा ब्रेक लगाउन आफूअनुकूल गोप्य निगरानी गरिरहने र मिडियाबाजी गराउने प्रवृत्ति बढ्दो छ । यहाँमात्र ब्रिगेडियरदेखि नै को प्रधानसेनापति हुन्छ भन्ने लाइनको आधारमा देउवा र कोइरालाजस्तै गुटबन्दी शुरु हुने गरेको छ । पछि जो प्रधानसेनापति भए पनि उसले गुटलाई दायाँ बायाँ र राम्रो विभागमा तान्छ । पछिल्लो दुई प्रधानसेनापतिको कार्यकाललाई हेर्दा छर्लंग हुन्छ ।

सैनिक सचिव विभागले नै अधिकृतहरूलाई पाँच तहमा वर्गीकृत गरेर त्यहीअनुसार व्यवहार गरिरहेको हुन्छ । विभागले जे भने पनि, जे गरे पनि प्रश्न उठाउने कोही जन्मेको छैन । प्रश्न उठाए पूर्वको पश्चिम र पश्चिमको दक्षिण पु¥याइदियो कि जागिर छाड्नुप¥यो, कि त सहनुप¥यो । 

‘फष्र्ट कलास अधिकृत’ मा स्टाफकलेज गरेका, आफन्त र चाकडीको प्रभावमा परेका सुपर–लुपर फास्ट ट्र्याकका अधिकृतहरू छन् । उनीहरूलाई ग्रेडिङको नाममा ५ देखि १० बेसिकसम्म टपाएर चिफसम्मको बाटो खुलाइन्छ । उनीहरूलाई कमाण्ड, अब्जर्भर, मिशनदेखि सबै सुविधा उपलब्ध हुन्छ । सेकेण्ड कलास अधिकृत भन्नाले स्टाफ क्लेज गरेका तर सुपर फाष्ट ट्य्राकको छायाँमा परेका अधिकृतहरू हुन् । यसमा जुनियर अधिकृतले महासेनानी या ब्रिगेडियर भइसक्दा पनि प्रमुख सेनानीमै कमाण्डसहित २ पटक अब्जरभर र मिशनसहित सुबिधा पाइसकेका हुन्छन् । ‘थर्ड क्लास अधिकृतहरू’ले स्टाफ कलेज गर्न नसकी २५औं वर्षसम्म सेनानीमै पल्टनमा जेसिओको ठुल्दाइ बनेर बसेका हुन्छन् । 

‘फोर्थ क्लास अधिकृत’ भन्नाले प्राविधिक वा टिओ बेसिक गरेका अधिकृत हुन् । इन्फेन्ट्री द्वन्द्व भए पनि प्राविधिकले आ–आफ्नो ट्रेडअनुसार सुविधायुक्त विलासी जीवन बिताइरहेका हुन्छन् । ‘पाँचाैँ तहको अधिकृत’ भन्नाले इनसर्भिसबाट रिएकाइ जिएनसिओ भनेर चिनिने अधिकृत हुन् । 

उनीहरूलाई उमेरहदको कारण देखाउँदै राम्रो तालिम, अब्जर्भर र मिशनबाट वञ्चित गराइन्छ । यहाँसम्म विभेद कि सिभिलमा खरिपाटी छिरेकालाई प्राथमिकता दिएर १ वर्षअगाडि पासिङ आउट भएकार १५/१६ वर्ष अब्बल बनेर सेवा गरेका दाइहरूलाई भन्दा पछिका योङ क्याडेटलाई सिनियर बनाउँछन् र तिनीहरूलाई नै दुई पटकसम्म मिशन दिन्छन् । हालै छानिएका अधिकृतहरूको लहर हेरौँ । ५७ बेसिकको योङ अधिकृत भनिएकाहरू जान शुरु हुँदा ५१ बेसिकसँगै पासिङ आउट भएका ४२ बेसिकमा रुवाबासी छ । यतातिर प्रधानसेनापतिको ध्यान कहिले गएन । प्रेत आत्माहरू !
 

टिप्पणीहरू