स्याउ समात्ने डिएसपी नै सेकिए

स्याउ समात्ने डिएसपी नै सेकिए

नेपालबाट भारततर्फ लान लागिएको ठूलो परिमाणको स्याउ बरामद गर्ने सशस्त्र प्रहरीका एक डिएसपी र इन्सपेक्टर अनुसन्धानमा पकलीस्थित बाहिनी तानिएका छन् । झापाको सीमा सुरक्षा गुल्म (प्रस्तावित) घेराबारीका डिएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट केचना बिओपीका इन्सपेक्टर वकिल धानुकलाई इञ्चार्जबाट हटाएर अनुसन्धान अघि बढाइएको छ ।

तस्करले त्यति धेरै स्याउ जम्मा गरेर पारि पठाउन लाग्दा पनि सुइँको नपाएको भन्दै  उनीहरू एक महिना नपुग्दै इन्चार्जबाट फिर्ता भएका हुन् । वैशाख २३ गते सशस्त्रले कचनकवलस्थित लोदाबरी चोकमा मे १ ज २८०४ नम्बरको टाटा गाडीबाट ११५ कार्टुन स्याउ बरामद गरिएको थियो । 

१३ लाख रुपैयाँभन्दा बढी मूल्यको स्याउ कोशीका बाहिनीपति डिआईजी अञ्जनीकुमार पोखरेलको निर्देशन गएको आधी घण्टापछि तानिएका उनै डिएसपीले बरामद गरेर राजस्वलाई बुझाएका थिए । त्यसपछि एसपी विक्रम हुमागाइँको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । 

यता, उनीहरूको बदलीमा डिएसपी प्रभात गौतम र इन्सपेक्टर जीतेन्द्रबहादुर बस्नेतलाई खटाइएको छ । ‘त्यहाँ ठूलो परिमाणमा स्याउ तस्करी हुन लागेकोबारे कसैले थाहा पाएनन् । सरको निर्देशन आएपछि मात्र गाडीसहित स्याउ बरामद गरिएको हो । त्यति ठूलो परिमाणमा स्याउ तस्करी हुन लागेकोबारे थाहा नपाएपछि उनीहरू अनुसन्धानमा तानिएका हुन्’, ती अधिकृतले भने । 

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू