सेनाले जागिर छाड्ने, जर्नेलले थाहै नपाउने

सेनाले जागिर छाड्ने, जर्नेलले थाहै नपाउने

नेपाली सेनामा जागिर छाड्नेहरूको ओइरो लागेको छ । सैनिक सेवा नियमावली २०६९ बमोजिम २०६० वैशाख २८ भन्दाअगाडि भर्ना हुने २८ सैनिकले गत जेठदेखि यता जागिर छाडेका छन् । त्यस्तै, सैनिक सेवा (तेस्रो संशोधन) नियमावली बमोजिम भर्ना भएका ५९२ सैनिकले स्वैच्छिक अवकाश लिएका छन् । 

यता, उत्पदानतर्फका ३८ र राजीनामातर्फका एक जनाले पेन्सन अवधि नपुग्दै जागिर छाडेको सैनिक अभिलेखालयको विवरणले देखाउँछ । बीचैमा जागिर छोड्नेमध्ये अधिकांश सुबेदार, प्रमुख सुबेदार, जमदार, प्यूठ, हुद्दा, अमल्दारलगायत दर्जाका छन् । 

राजीनामा दिने सुबेदारमा श्री सिंहनाथ गण (कमाण्डो) का पवनकुमार पौडेल, श्री पुष्पक गणका किरण विश्वकर्मा, श्री नं २ राजदल गणका विष्णुबहादुर थापा, श्री उत्तरपश्चिम पृतना तालिम शिक्षालयका गुमानसिंह साउद, श्री दि फेमस महिन्द्र दल गणका कर्णबहादुर राना, श्री कालीदल गणका मीनबहादुर कटुवाल, श्री नम्बर १५ वाहिनी अड्डाका पर्शुराम राई, श्री वीरेन्द्र अस्पतालका विकास बस्नेत, श्री रिपूमर्दन गणका मिङ्मा शेर्पा छन् । 

त्यस्तै, प्रमुख सुवेदारमा श्री विद्युत् तथा यान्त्रिक सेवा केन्द्रका उत्तमबहादुर प्याकुरेल र नकुल लामा, श्री वीरेन्द्र अस्पतालका अर्जुनबहादुर सिलवाल, श्री सुदूरपश्चिम पृतना प्राड विवाकका युद्धबहादुर शाहीले जागिर छाडेका छन् । सेनाका अनुसार पूर्वी असवाव खानाका यज्ञकुमार खड्का, श्री देवीदत्त गणका हर्कबहादुर नगरकोटी, श्री रामबाण गणका दीपक विश्वकर्मा, श्री रणशार्दूल गणका फुर्वा दोर्जे तामाङ, श्री सुदूरपश्चिम पृतना हेडक्वार्टरका सहदेव बस्नेत, श्री नारायणदल गणका कृपाश्वर तामाङ पनि निस्किसकेका छन् । उनीहरू जमदार पदमा कार्यरत थिए । प्रा.जमदार पदमा जागिरे श्री विद्युत् तथा यान्त्रिक सेवा केन्द्रका योगेन्द्र दाहाल, श्री भौगोलिक इञ्जिनियरिङ महाशाखाका धिराज ढकाल, श्री वीरेन्द्र अस्पतालका मनप्रसाद न्यौपाने र देवराज कार्की पनि अलग्गिएको सेनाले जनाएको छ । जागिर छाड्ने हुद्दामा श्री विद्युत् तथा यान्त्रिक सेवा केन्द्रका इन्द्र तामाङ, अंगनाथ दाहाल, श्री प्यारा तालिम शिक्षालयमा कार्यरत सुनिता थापा छन् । त्यसैगरी, श्री सबुज गणका प्युठ जगतराम हरिजन र श्री चण्डीदल गणका हजाम भगवती ठाकुरले पनि जंगी अड्डालाई बाइबाइ भनेका छन् । 

यता, श्री नम्बर ३ युद्धकवच गुल्मका सुबेदार धनवीर ओली र नम्बर ६ युद्धकवच गुल्मका जमदार दीपक कार्कीले पनि राजीनामा बुझाएको बुझिएको छ । जमदार पदमा कार्यरत श्री विद्युत् तथा यान्त्रिक सेवा केन्द्रका सुवास कुँवर, विपद व्यवस्थापन निर्देशालयका मानकृष्ण श्रेष्ठ, श्री नम्बर २ विपद् व्यवस्थापन गणका रामहरि पराजुली, श्री दि फेमस महिन्द्र दल गणका शालिकराम अधिकारी, श्री गरुडदल गणका जोखबहादुर राना, श्री भद्रदल गणका राजकुमार रोकामगर, श्री गणेशदल गणका बुद्धिमान तामाङ्ग, श्री सूर्यदल गणका धर्मराज कँडेल पनि सेनाबाट निस्किएका छन् । 

पश्चिम एयर बेशका प्राविधिक जमदार सन्तोषकुमार खत्री, श्री राजदल गणका ब्या.का.हु.अमृत केसी र ब्या.प्र.हु. नवराज आलेमगरले सैनिकको जागिर छोडेका छन् । राजीनामा बुझाउने गु.का.हु.मा श्री चन्दननाथ गणका देवबहादुर केसी, श्री संग्राम शार्दुल गुल्मका विक्रम गुरुङ, श्री भैरवप्रसाद गणका दानबहादुर राना र श्री गोरखबहादुर गणका पुष्पराज पौडेल रहेका छन् । विवरणमा उल्लेख भएअनुसार गु.प्र.हु नन्दप्रसाद महतो, रुद्रबहादुर केसी, चन्द्रबहादुर शेर्पा, बाबुराम आचार्य, अशोक नगरकोटी, तस्बिर भण्डारी पनि सेनाबाट छुट्टिएका छन् । उनीहरू क्रमशः नयाँ सबुज गण, श्री रणसिंहदल गण, श्री कालीध्वज गण, श्री गोरखबहादुर गण र श्रीमेहर गणमा कार्यरत थिए । 

श्री युद्धभैरव गणका हुद्दा मनोज शाही, श्रीबहादुर सिंजाली, भीमबहादुर बुढामगर, चन्द्रबहादुर थापा, पूर्णबहादुर श्रेष्ठ, सुदेश पराजुली पनि त्यसमा समावेश छन् । श्री सिंहनाथ गणका हुद्दा होमनाथ तिम्सिना, कर्णबहादुर अधिकारी, श्री भैरवनाथ गणका चेतप्रसाद तिमल्सिना, धर्मराज सिंह, कृष्णप्रसाद शर्मा, नविन्द्र केसी, टोपबहादुर रोकायाको नाम पनि जागिर छोड्नेहरूमा जोडिएको छ । श्री महावीर योजना तथा समन्वय महाशाखाका जागिरे हुद्दा ताराबहादुर केसी, रबेनकुमार चौधरी, नारायण न्यौपाने, महावीर गण (रेञ्जर) का रोशन फुँयाल, श्री महावीर सौर्य गणका रमनकुमार चौधरी, राजकुमार चौधरी, दुर्गाबहादुर घले, गोपी बस्नेत, धनबहादुर बुढामगर, अमितनारायण चौधरी र नरेन्द्रकुमार तामाङले पनि जागिर छोडिसकेका छन् । 

युद्धकवच गणका कृष्णबहादुर बस्नेत, श्री नम्बर ४ युद्धकवच गुल्मका चिरञ्जीवी तिवारी, झलकप्रसाद न्यौपाने, नम्बर ६ गुल्मका सरोज थापा, नम्बर ४ गुल्मका गुप्तबहादुर कु्ँवर, नम्बर १ गुल्मका उत्तमकुमार तामाङ्गको नाम पनि सेना छाड्नेको सूचीमा परेको छ । श्री चक्रेश्वर गणका हुद्दा लोकेन्द्र थापा, विष्णुराज कटुवाल क्षेत्री, गोमनकृष्ण थापा, श्री विराद गणका इनमाया गुरुङ, श्री राष्ट्रिय सेवा दलमध्ये पूर्वी तालिम शिक्षालयका बालकृष्ण लम्साल, माधवराज अधिकारी, श्री राजदल गणका सुमन थापा, सरोज कार्की, ललितकुमार खड्का, भगिराम बडुवाल पनि सेनाबाट अलग्गिसकेका छन् ।

अन्यमा श्री नम्बर १ वन तथा पर्यावरण सुरक्षा गणका नविनकुमार तामाङ्ग, नविनकुमार सापकोटा, नम्बर २ का अक्कलबहादुर बम, कविता रिजाल, श्री नम्बर २ विपद व्यवस्थापन गणका दिपबहादुर रावल, धनबहादुर कठायत, श्री सबुज गणका दशिराम थारु, कृष्णमुरारी थारु, श्री चन्दननाथ गणका ओमबहादुर घर्तीमगर, मर्योतात विष्ट, टेकबहादुर रोकाया, चन्द्रबहादुर वली, पिरमबहादुर रानामगरलगायत छन् । उनीहरू हुद्दा पदमा कार्यरत थिए । 

यता, अमल्दारमा कार्यरत सिंहनाथ गणका नवराज दाहाल, महावीर गणका जमानबहादुर राई, राजदल गणका प्रेमसिंह कार्की, ईन्द्रप्रसाद पौडेल, रामबाण गुल्मका मिनबहादुर राना, रेशमलाल गुरुङ, नन्दाबक्स गणका मनकुमार चेमजोङ्ग, डुलबहादुर मगर, चन्द्रबहादुर मुखिया, चन्दननाथ गणका राजकुमार बारघरे, त्रिपुरादल गुल्मका दीपक सार्कीले पनि राजीनामा बुझाएका छन् । श्री बज्रदल गणका रञ्जित कुमार, हरिबहादुर बरुवाल, वेदबहादुर सुनुवार, ऋषिराम खत्री, शोभाकान्त काफ्ले, अमृत थापा, सोमबहादुर थापामगरले जागिर छाडेका छन् ।

सूचीमा श्री भैरव गणका चक्रसिंह साउद, हरिसिंह रोकाया, वासुदेव जोशी, करनबहादुर थापा, अमृत केसी, कृष्णबहादुर बोहरा, दीपक ओली, करनसिंह महरा, वीरेन्द्रबहादुर सिंह, हर्कसिंह ठगुन्ना, नवीन गुरुङ, चुडामणि भट्टको नाम छ । 

श्री भीमदल गणका राजेन्द्रकुमार थापा, जयबहादुर डगौरा, जीवन शाही, हरिचन्द्र राना, सोमबहादुर चौधरी, केन्द्रबहादुर बडैला, चन्द्रबहादुर बडैला, श्री नम्बर १८ बाहिनी अड्डाका एकराज कटुवाल, भीमप्रसाद ढुंगाना, कमल हमाललगायत अमल्दार पनि सैनिकको जागिरबाट बाहिरिएका छन् । 

प्युठबाटै जागिर छाड्नेमा श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयका पुरन पाण्डे, श्री अर्जुनबाण गणका विकेश मुक्तान, श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टरका टेकबहादुर बिसी, श्री कालीभक्ति गणका दीपकप्रसाद जैसी, श्री नारायणदल गणका अशोककुमार हायुलगायत छन् । 

वीरेन्द्र अस्पतालका विक्रम केसी, रणभैरव गणका सानु तामाङ्ग, श्री जंगी अड्डा निवेशका टुकनारायण श्रेष्ठले पनि राजीनामा दिइसकेका छन् । उनीहरू सिपाही पदमा कार्यरत थिए । त्यसैगरी, दर्जन बढी सफाईकर्मी, चर्मकर्मी, सुविकार, सूचीकार, वेटरले पनि जागिर छोडेका छन् ।
 

टिप्पणीहरू