यति साह्रै अन्याय त नगर्नू नि श्रीमान् !
न्याय गर्नुपर्ने ठाउँबाटै घोर अन्याय ! प्रसंग न्याय परिषद्ले गरेको उच्च अदालतमा न्यायाधीश नियुक्तिसम्बन्धी पछिल्लो सिफारिसको हो । वरिष्ठलाई बाइपास गरेर परिषद्ले कनिष्ठलाई सिफारिस गरेको पाइएको छ । गत साउन २२ गते परिषद्ले २७ जनालाई उच्चको निम्ति सिफारिस गरेको छ ।
परिषद्ले न्यायाधीश नियुक्त गर्दा न्याय सेवाबाट पाँच र सरकारी वकिल ६, जिल्ला न्यायाधीशबाट १६ जना सिफारिस गर्ने प्रावधान बनाएको छ । न्याय सेवाबाट लाइनमा रहेका पाँच जनामध्ये सिरियल नम्बरको दोस्रोमा रहेकालाई पन्छाएर पछाडि…