कुलमान पनि सरकारमा जान आतुर
उज्यालो नेपालका नायकको रूपमा चर्चित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अमेरिका,युरोप,खाडी रास्ट्रको भ्रमण सकेर फर्केपछि आफू अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न तयार भएको बताएका छन् ।
घिसिङसँग जेन–जी समूह, प्रधानसेनापति र काठमाडौं महानगर प्रमुख बालेन साहसहितको समूहले छलफल गरेको उनको सचिवालय स्रोतले जनाएको छ । छलफलमा घिसिङले, “म तयार छु,”भन्ने जवाफ दिएको उनको सचिवालयले बतायो ।