पूर्व प्रधानमन्त्रीलाई सारियो, त्रिभुवन विमानस्थल बन्द
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको घरमा प्रदर्शनकारी युवाहरूले तोडफोड गरेका छन् । घरमा आगजनी हुने आशंका भएपछि सुरक्षाकर्मीले खनाल र उनका परिवारलाई वैकल्पिक गेटबाट सुरक्षित स्थानतर्फ सारेको प्रहरीले जनाएको छ ।
खनालको निवास बाहिर अहिले पनि युवाहरू नाराबाजीसहित तोडफोड गरिरहेका छन् ।
युवाहरूको आन्दोलन चर्किंदै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान–अवतरण रोकिएको छ । विमानस्थल प्राधिकरणका अनुसार सुरक्षा कारण देखाउँदै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो।
टिप्पणीहरू