सरकारी सेवा प्रवाहबारे सल्लाह गर्दै सचिवहरु
फाइल फोटो
मुलुकको पछिल्लो अवस्थामा अत्यावश्यक सेवा प्रवाहका लागि मुख्य सचिवले सचिवहरुसँग भर्चुअल बैठक राखेका छन् । विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहबारे छलफल गर्न लागिएको छ ।
मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा रहेको संयन्त्रले सबै मन्त्रालयका सचिवहरुसँग विषम परिस्थितिमा प्रवाह गरिने अत्यावश्यक सेवाबारे कुराकानी गर्न लागेको बुझिएको छ ।
टिप्पणीहरू