ओली खेमामा तानतुन

ओली खेमामा तानतुन

एमालेको जारी ११औँ महाधिवेशनमा नेतृत्व चयनको अन्तिम क्षणसम्म पनि  अध्यक्ष केपी शर्मा ओली समूह आन्तरिक तानतुनमै व्यस्त देखिन्छ । यसअघि बनाइएको प्यानल घोषणामा धेरैले असन्तुष्टि जनाएपछि पदाधिकारी र केन्द्रीय सदस्यको सूची मिलाउन ओली स्वयमलाई सकस परेको छ ।

आफ्नो प्यानलमा रहेका केही नेताले तोकिएको पदमा उम्मेदवारी दिन अस्वीकार गरेपछि हिजै बनाइएको सूची पटक–पटक हेरफेर गरिएको छ । जसअनुसार सचिव पदमा उठाइएका लेखराज भट्टले पुनः सोही पदमा उम्मेदवारी नदिने अडान लिएपछि ओली समूहले उपमहासचिव पदमा उठाउँदा सचिव र उपमहासचिवको सूची फेरिएको हो ।

उपमहासचिवमा प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारिएको छ । राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिँदैछन् । 

यसअघि उपमहासचिवमा प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारिएको छ । राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिँदैछन् । अन्य पदमा पनि आकांक्षी धेरै भएपछि मिलाउन कठिनाइ भइरहेको ओली समूहका नेताहरूले नै स्वीकारेका छन् ।

यता पोखरेल समूहले भने अधिकांश पदमा उम्मेदवारको टुंगो लगाइसकेको दावी गरेको छ ।महासचिवका आकाँक्षी प्रदिप ज्ञवाली केहीमा पनि उम्मेदवारी दिन्न भन्दै गुण्डुबाट हिंडेका छन् ।
 

टिप्पणीहरू