कांग्रेसका सबै कार्यालय भाेलि बन्द
नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनको शोकमा भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि केन्द्रीयसहित प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गरेर शोक मनाउने निर्णय गरेको हो ।
त्यस्तै, आजदेखि पुस २ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउनेसमेत निर्णय गरिएको छ ।
उपाध्यायको स्वर्गारोहणको १३ औं दिनसम्म पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र सोही दिन उनको गृहजिल्ला मोरङमा शोकसभा आयोजना गर्ने पनि कांग्रेसले जनाएको छ ।
क्यान्सर रोगबाट पीडित उपाध्यायको गत मंसिर २७ गते काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ९१ वर्षको उमेरमा निधन भएको थियो ।
२०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत उनी ०५६ मंसिर २३ गते भएको उपचुनावमा मोरङ–१, बाट प्रतिनिधिसभा सदस्यमा चुनिएकी थिए ।
०५६ सालमा शिक्षा तथा खेलकुदमन्त्री बनेका उपाध्याय ०६२–०६३ को जनआन्दोलनपछि पुनःस्थार्पित व्यवस्थापिका संसद्का सदस्य थिए ।
उनी ०६४ को संविधानसधा सदस्य निर्वाचनमा पनि मोरङ–१ बाट निर्वाचित भएका थिए । ०६९ मा कांग्रेसको केन्द्रीय अनुशासन समितिको संयोजक भएर जिम्मेवारी निर्वाह गरेका उनको निधनबाट पार्टीले अग्रज र अनुभवी नेतृत्व गुमाएको कांग्रेसले बताएको छ ।
टिप्पणीहरू