बलियो लोकतन्त्रका निम्ति सभामुख र अध्यक्षको आग्रह
जेनेरेशन जेड अर्थात ‘जेन जी’ को आन्दोलन अराजक र हिंसात्मक बनेपछि प्रहरीको सुरक्षामा पुगेका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बलियो लोकतन्त्रका लागि प्रतिबद्ध रहन सबैलाई आग्रह गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै दुवैले आन्दोलनरत पक्षका मागहरु सम्बोधन गरेर अझै उन्नत,समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध रहन अपिल गरेका हुन् । विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने स्मरण गराउँदै उनीहरुले संवैधानिक प्रक्रियाब…