मध्यराती राजा फर्कने हल्ला मात्रै,बिहान सुशीला प्रधानमन्त्री

मध्यराती राजा फर्कने हल्ला मात्रै,बिहान सुशीला प्रधानमन्त्री

आज बेलुकी शीतल निवासमा भएको छलफलपश्चात रास्ट्रपति रामचन्द्र पौडेल पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुग्नुभएको छ ।

सँविधानको कुनै पनि धारामा नटेकी आवश्यकताको सिद्धान्तका  आधारमा यस्तो निर्णय हुन लागेको हो । जसअनुसार,बाहिरका  तमाम हल्लालाई खारेज गर्दै गणतन्त्रको प्रतिक शीतल निवासमा रास्ट्रपति आफ्नो कार्यकालभरी रहनुहुनेछ ।  सँसद विघटन हुने छैन र घाइते अवस्थामा सँविधान पनि यथावतै रहनेछ,भोलि बिहान ९ बजेसम्ममा आवश्यकताको सिध्दान्त भन्दै सुशीला कार्कीको शपथ हुने पनि श्रोतले बतायो ।

शीतल निवासको अघिल्लो भाग आगलागीले क्षतिग्रस्त भए पनि पछिल्तिर बिद्या भण्डारीकै पालामा बनेको निवासमा रास्ट्रपति पौडेल रहँदै आउनुभएको छ । वीचमा कतै जानुभएको छैन । आज त्यहीँ भएको घनिभूत छलफलको परिणामस्वरुप दलहरुसमेतको सहमतिमा सुशीला कार्कीले खिलराज रेग्मीले जसरी नै सरकारको नेतृत्व गर्न लाग्नुभएको हो ।

टिप्पणीहरू