एमाले नेताहरु भर्चुअल बैठकमा जुट्दै

एमाले नेताहरु भर्चुअल बैठकमा जुट्दै

नेकपा एमालेका पदाधिकारीहरुले विकसित पछिल्लो घटनाक्रमबारे भर्चुअल बैठक गर्ने भएका छन् । १८ जनामध्ये सम्पर्कमा आएका धेरै पदाधिकारीले छिट्टै बैठक गर्न लागिएको बताएका छन् ।

नेपाल बुध्दिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलियाले जनाएअनुसार एमाले नेताहरु प्रायः सबै सुरक्षित रहेको अवस्थामा सचिवालय बैठक भर्चुअल माध्यममा गर्न लागिएको हो । त्यसअघि पार्टीको लेटर प्याडमा एमालेको आधिकारिक धारणा सार्वजनिक गरिसकिएको छ ।

सम्पर्कमा आएका एकजना पदाधिकारीले भने, ‘अध्यक्ष केपी शर्मा ओली ठीक अवस्थामा हुनुहुन्छ । उपाध्यक्षहरु पनि सबै सम्पर्कमा आइसक्नुभएको छ ।’

टिप्पणीहरू