लोकतन्त्र जोगाउन एमालेको आठ बुँदे अपिल

लोकतन्त्र जोगाउन एमालेको आठ बुँदे अपिल

नेकपा एमालेले संविधानको रक्षा गर्दै लोकतान्त्रिक उपलब्धि जोगाउन सबै राजनीतिक दलहरूलाई संवादमा आउन आह्वान गरेको छ ।

जेनजी आन्दोलनपछि मुलुकको विकसित राजनीतिक घटनाक्रमबारे सचिवालयको तर्फबाट वक्तव्य जारी गर्दै महासचिव शंकर पोखरेलले यस्तो आह्वान गरेका हुन् । संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै समस्याको समाधान खोज्न आग्रह गरिएको छ । 

'प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रुपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ', वक्तव्यमा भनिएको छ ।  

अहिलेको स्थिति समान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र विषयको समीक्षा गर्ने एमालेको तयारी छ ।

टिप्पणीहरू