रविका नाममा तोडफोड गरेको प्रमाण भेटियो
जेनजी आन्दोलनका नाममा भएको ध्वंसात्मक घटनामा संलग्नहरूको खोजी भैरहँदा शहरी विकास मन्त्रालयअन्तर्गत एक भवनमा तोडफोड गर्ने व्यक्तिको पहिचान खुलेको छ ।
हातमा लाठो लिएर हिँडेका ती व्यक्तिले रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै तोडफोड गर्न अरुलाई उक्साएको भिडियो सार्वजनिक भएको छ । लामिछानेमाथि भएको प्रतिशोधको एक-एक हिसाब खोजिने भन्दै उनले सबैलाई सिध्याइदिने धम्कीसमेत दिएको भिडियोमा प्रष्ट सुनिन्छ ।
'यिनका छोराछोरीदेखि लिएर यिनलाई एक एक छोड्ने छैनौँ अ…