उपत्यकामा जलाउने,लुट्ने अहिलेसम्म कति जना समातिए ?

उपत्यकामा जलाउने,लुट्ने अहिलेसम्म कति जना समातिए ?

जेनजी आन्दोलनका नाममा सरकारी कार्यालय,अदालत,निजी तथा व्यापारिक भवन,सवारी साधनमा आगजनी र तोडफोड गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । नेपाल प्रहरीले विभिन्न माध्यमबाट पहिचान गर्दै राजधानीमा हिजो रातीसम्म दुई दर्जनलाई पक्रेको छ । 

‘तोडफोड,आगजनी र विध्वंशमा संलग्नहरुको पहिचान गर्दै कारबाहीको दायरामा ल्याउन थालिएको छ ’काठमाण्डौको प्रहरी स्रोत भन्छ, ‘झण्डै २ दर्जनलाई नियन्त्रणमा लिइएको छ । यो अभियानलाई थप विस्तार गर्दै निरन्तरता दिइन्छ ।’ भएका सवारी साधन,भवन,हतियार,युनिफर्म र सञ्चार सेटसमेत जलाएर निहत्था बनाइएको कारण प्रहरी संगठनले उक्त अभियानलाई सोचेअनुसार अघि बढाउन सकेको छैन ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियो,फोटो र सिसिटिभी फुटेजअनुसार जन्मभूमि खरानी बनाउन तम्सिनेमा केही तथाकथित सेलिब्रेटी, कलाकार,युट्युबर,नक्कली अभियन्ता,कलेजका विद्यार्थी र जेलबाट छुटेका कैदी अपराधीसमेत रहेको पाइएको छ ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियो,फोटो र सिसिटिभी फुटेजअनुसार जन्मभूमि खरानी बनाउन तम्सिनेमा केही तथाकथित सेलिब्रेटी, कलाकार,युट्युबर,नक्कली अभियन्ता,कलेजका विद्यार्थी र जेलबाट छुटेका कैदी अपराधीसमेत रहेको पाइएको छ । त्यस्तै मुलुकभित्र बितण्डा मच्चाउन विदेशमा रहेर उक्साउनेहरुको भिडियो,च्याट पनि प्रहरीले संकलन गरिरहेको बुझिएको छ ।

सात समुद्रपारि सोफामा बसेर हातमा कफी लिँदै स्वदेश जलाउन उक्साउने, जलेकोमा खुशी मनाउने तिनलाई पनि अपराधको मतियार बनाउनुपर्ने आवाज उठेको छ । तिनको पहिचान त्यहाँका नेपाली नियोग,एनआरएन र नेपाली संघ संस्थाले गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

टिप्पणीहरू