जाहेरी भन्दै केपी ओलीमाथि शाहको स्टन्ट
भारतले कस्मिर फिर्ता भए मात्रै नेपालले लिपुलेक र लिम्पियाधुरा पाउने विवादित अभिव्यक्ति दिँदै आएका भारतीय जनता पार्टीनिकट कांग्रेस नेता तथा पूर्व सांसद अभिषेकप्रताप शाह पुन: विवादमा मुछिएका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी ओलीमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्धा चलाउन उनले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीसमक्ष आजै ज्ञापनपत्र पेश गरेका थिए । क्षेत्र नं. ३ मा यस अघि पराजय व्यहोरेपछि लगातार ओरालो लागेको लोकप्रियता बढाउने ध्येयमा शाहले यस्तो स्टन्ट गरेको बुझिएको छ ।
“ज्ञापनपत्र दिन आएको छु भन्नुभयो तर जाहेरी दिँदा हामीले लिन अस्वीकार गरेका हौं,कर्तव्य ज्यान मुद्धा दर्ता गर्ने निकाय प्रशासन नभएकाले उक्त जाहेरीउपर कुनै कारवाही हुन सक्दैन”लामिछानेले भने ।
आज शनिवार बिदाको दिन उनले कपिलवस्तुका सिडिओ दिलबहादुर तामाङसमक्ष महानगरीय प्रहरी वृत्त बानेश्वरलाई बुझाउने जाहेरी दरखास्त भन्दै ज्ञापनपत्र बुझाएका थिए । तर आफू नजिकका मिडियाबाट ओलीविरुद्ध जाहेरी नै दर्ता गरेको हल्ला चलाएपछि कपिलवस्तु प्रशासनले उक्त चिर्कटो जाहेरी नभएको र दर्तासमेत नगरिएको प्रष्ट पारेको छ ।
भदौ २३ गते भएको जेएनजीको शान्तिपूर्ण आन्दोलनमा गोली हान्न आदेश दिएको भन्दै ओलीविरुद्ध कर्तव्य ज्यानको जाहेरी शाहले बुझाएको तर त्यो जाहेरीको आवरणमा सामान्य ज्ञापनपत्र भएको सहायक सिडिओ पदमलाल लामिछानेले बताए । “ज्ञापनपत्र दिन आएको छु भन्नुभयो तर जाहेरी दिँदा हामीले लिन अस्वीकार गरेका हौं,कर्तव्य ज्यान मुद्धा दर्ता गर्ने निकाय प्रशासन नभएकाले उक्त जाहेरीउपर कुनै कारवाही हुन सक्दैन”लामिछानेले भने।

टिप्पणीहरू