दुई महामन्त्रीद्वारा देउवालाई चेतावनी

दुई महामन्त्रीद्वारा देउवालाई चेतावनी

नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले)सँग भएको सात बुँदे सम्झौताको औचित्य सकिएको भन्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाएका छन् । उनीहरुले भर्खरै एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई समेत चेतावनी दिएका छन् । 

सरकारलाई बारम्बार सच्चिन आग्रह गर्दा पनि नसच्चिएकै कारण जेनजी युवाहरु सडकमा उत्रिएको उनीहरुको ठहर छ । उनीहरुले सरकारबाट बाहिरिनेबारे केहीबेर अघि सभापति देउवासँग कुराकानी गरेको पनि जानकारी गराएका छन् ।

देउवाले तत्काल निर्णय नगरेमा अन्य प्रक्रियाबाट निर्णय गर्न आफूहरु बाध्य हुने उनीहरुको भनाई छ । ‘७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ, सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं’, उनीहरुले भनेका छन्,  ‘सभापतिज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं।’

टिप्पणीहरू