नेपाल भ्रमण विशेष आध्यात्मिक अवसर :भारतीय प्रधानन्यायाधीश

नेपाल भ्रमण विशेष आध्यात्मिक अवसर :भारतीय प्रधानन्यायाधीश

नेपाल भ्रमणमा रहनुभएका भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । उहाँले नेपाल भ्रमणलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिएको प्रतिक्रिया दिनुभएको छ ।

काठमाडौंबाट भैरहवा हुँदै लुम्बिनी पुग्नुभएका उहाँले मायादेवी मन्दिर परिसरमा शुत्रपाठ गर्नुभएको थियो । विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढको कामना गर्दै दियो प्रज्वलन गर्नुभयो ।

भारतीय प्रधानन्यायाधीश गवई नेपालमा हिजो राजधानीमा आयोजित ‘नेपाल–इण्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन अस्ति आउनुभएको हो । हिजो बिहान पशुपतिनाथ, त्यसपछि बौद्धनाथ र साँझ स्वयम्भूनाथको दर्शन गर्नुभएको थियो ।

टिप्पणीहरू