पाएसम्म कतैबाट नछाड्ने कमरेड ?

पाएसम्म कतैबाट नछाड्ने कमरेड ?

आगामी कात्तिक १७ गते हुने रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को चुनावमा उम्मेदवारीको विषयलाई लिएर एमालेभित्र रडाको निम्तिएको छ । पोलिटब्युरोे सदस्य खिमलाल भट्टरार्ई उठ्न आएपछि समस्या देखिएको हो । 

उनी राष्ट्रियसभा सदस्यबाट राजीनामा गरेर २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट उठ्न गएका थिए । तर, उक्त क्षेत्रमा एमालेकै तर्फबाट बासुदेव घिमिरेको उम्मेदवारी कायम भएपछि उम्मेदवार बन्न पाएनन् । त्यतिबेला टिकट रद्द भएका भट्टरार्ई क्षेत्र नम्बर ३ को उम्मेदवार बन्न आएपछि आलोचना भएको छ । 

गत साउन २३ गते एमालेले आकांक्षीसहितलाई राखेर आयोजना गरेको भेलामा भट्टरार्ईको खुलेर आलोचना भयो । मधेशवादी दल हुँदै एमालेमा प्रवेश गरेका यज्ञजित शाहले प्रतिनिधिसभा चाहिने, राष्ट्रियसभा सदस्य पनि चाहिने अनि पाँच नम्बर र ३ नम्बर क्षेत्र पनि चाहिने भन्दै कराएका थिए । 

उक्त क्षेत्रको आफू स्थानीय भएको भन्ने शाह सिद्धार्थनगर नगरपालिका–३ निवासी पूर्वप्रधानमन्त्री डा.केआई सिंहका कान्छा छोरा हुन् । उक्त क्षेत्रको लागि भट्टरार्ई, शाह, सिद्धार्थनगरपालिकाका पूर्व प्रमुख हरि अधिकारी र बुटवलका जग्गा व्यापारी शशी पौडेलको नाम सिफारिस भएको छ । 

एमालेका पोलिटब्युरोे सदस्य रहेका भट्टरार्ईसहितले थानेश्वर पौडेललाई नगर अध्यक्ष बनाउन लागेका थिए तर निर्वाचनमार्फत भट्टरार्ईइतर खेमाका चक्र थापा निर्वाचित भए । 

टिप्पणीहरू