प्रधानमन्त्रीलाई तत्काल अपदस्थ गर्न माग गर्नेलाई मन्त्रीले भने, ‘यो पागलपन हो !’
युद्धग्रस्त इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नुपर्ने माग चर्कोसँग उठेको छ । त्यहाँको विपक्षी दलका नेता यायर लापिडले नेतन्याहु नेतृत्वको चरम दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको बताएका हुन् ।
हमासमाथिको कारवाहीका नाममा गाजा शहरमा लगातार आक्रमण बढाउँदा अन्तर्राष्ट्रियरुपमा आलोचना खेपिरहेका नेतन्याहुलाई अपदस्थ गर्नुपर्ने आवाज इजरायलभित्र उठेपछि त्यसले तरंग छाएको छ । ‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको…