एसका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

एसका जिल्ला अध्यक्ष एमालेमा प्रवेश
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् । 

महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एस छोडेर पुरानै घर फर्किएको घोषणा गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंहलगायत अन्य नेता-कार्यकर्ता छन् । 

 उनीहरुलाई एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।

टिप्पणीहरू