जम्बो टोलीसहित सिक्किमे मुख्यमन्त्री गोरखातिर
भारतीय सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोरखा गएका छन् । हिजो राति नयाँ दिल्ली हुँदै काठमाडौं आएका उनी मनकामना मन्दिर दर्शनका लागि त्यता गएका हुन् ।
१३ जनाको टोलीसहित तामाङ हिजो एअर इण्डियाको उडान नम्बर एआई २११ मा साँझ पौने ७ बजे त्रिभुवन विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट मुख्यमन्त्री तामाङ सोझै नक्साल, नागपोखरीस्थित होटल मेरियट गएर बसे ।
अपरान्ह काठमाडौं फर्केर भोलि बिहान पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ । केही राजनीतिक भेटघाटपछि उनी भोलि नै नयाँ दिल्ली फर्कनेछन् ।
टोलीमा निजी सचिव शंकर देव ढकाल,रेजिडेन्ट कमिश्नर अश्विनीकुमार चन्द, मुख्यमन्त्रीका अंगरक्षक महेन्द्र प्रधान,पिए अनोश मगर छन् । त्यसैगरी विकास गुरुङ,राहुल गुरुङ फोटोग्राफरका साथै उनका नातेदारहरुमा निमा तामाङ, ललितकुमार राई,गोपालकुमार गुरुङ,दुप्तेन छिरिङ तामाङ (गोले),सोमबहादुर सुब्बा र छिरिङ तोप्ग्याल भुटिया पनि उनीसँगै नेपाल आएका छन् ।
टिप्पणीहरू