रवि भेट्न पुगे लिङ्देन

रवि भेट्न पुगे लिङ्देन
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। उनीहरुबीच रविको बूढानीलकण्ठस्थित निवासमा आज बिहान कुराकानी भएको हो ।

आगामी २७ गते मनाउन लागिएको राष्ट्रिय एकता दिवसमा सहभागिताको लागि निम्तो दिन गएका लिङदेन र लामिछानेबीच फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

राप्रपा अध्यक्ष लिङ्देन सोही कार्यक्रमको निम्तो दिन हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका थिए ।

टिप्पणीहरू