लुम्बिनीमा ल्हारक्याल, माओवादी नेताहरू हायलकायल

लुम्बिनीमा ल्हारक्याल, माओवादी नेताहरू हायलकायल
सुन्नुहोस्

ल्हारक्याल आतंकबारे केन्द्रमा कुरा लैजाँदै माओवादी नेताहरू भन्छन्– यो मान्छे अरु एक वर्ष उहाँ बसे लुम्बिनीको विकास त हैन माओवादी संगठनचाहिँ ध्वस्त हुन्छ । यसरी सबैभन्दा धेरै पीडामा छन् माओवादी केन्द्रीय सदस्य मोहमद ओकिल मुसलमान । 

लुम्बिनीमा सञ्चालित परियोजनाका ठेकेदारहरूबाट पैसा उठाउन घुमाउरो हिसाबबाट आफूलाई दवाव दिइएको मुसलमानले बताउने गरेका छन् । नियुक्ति लिएर लुम्बिनी आउनेबित्तिकै सरकारी आवासमा सुत्ने पलङदेखि भान्साका सामान सबै किन्न लगाएको र केही ठेकेदारलाई भनेर ६÷७ लाखको दिएको मुसलमानले बताए ।

त्यतिले नपुगेर प्रधानमन्त्रीको सचिवालयलाई पनि दशैं खर्चका लागि मोटो रकम पठाउन ल्हारक्यालले दवाव दिएका थिए । त्यसपछि २÷३ जना ठेकेदारबाट उठाएर आफूले नै असोज ४ गते रमेश मल्लको खातामा १५–२० लाख जम्मा गरिदिएको उनले बताएका छन् ।

यस्तै चालले लुम्बिनी प्रदेशमा माओवादी बद्नाम भएर अर्को चुनावमा एक सिट पनि जित्न नसक्ने हालतमा पुग्ने मुसलमानको निश्कर्ष छ । ल्हारक्याल लामाको आतंकबारे पेरिसडाँडा र बालुवाटारमा गम्भीर रूपमा कुरा लैजाने बारेमा माओवादी नेताहरू चक्रपाणि खनाल (बलदेव) र ओकिल मुसलमानबीच छलफल भएको बुझिएको छ । 

टिप्पणीहरू