श्री एअरलाइन्सको कारण कतारी विदेश राज्यमन्त्रीको उडानमा व्यवधान
धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण गरेका कारण दोहा उड्नुपर्ने कतार एअरवेजको उडान ढिलो भएको छ । क्युआर ६४७ बाट पौने ६ बजे उड्नुपर्ने उक्त फ्लाइट केही ढिलो हुन पुगेको बताइएको छ । सोही उडानमा नेपाल भ्रमणमा आएका कतारी विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखी स्वदेश फर्कन लागेका हुन् ।
श्री एअरलाइन्सको कल साइन २२५ एएनएफको विमान पौने ४ बजे धनगढीबाट उडेको थियो । ७४ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर आएको विमानमा एकाएक प्राविधि…