कम्युनिष्टले लोयल खोज्ने कि रोयल खोज्ने ?
एमाले कार्यकर्ताहरू अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र पार्टीको नीतिप्रति ‘लोयल’ देखिनुपर्नेमा ‘रोयल’ देखिएको चर्चा छ । प्रसंग जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित जिल्लातिर उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्न कार्यकर्ताको टोली खटाउने निर्णयको हो ।
एमालेले भूकम्प पीडित क्षेत्रमा प्रत्येक जिल्ला कमिटीबाट २५ जना खटाउनुपर्ने निर्णय गरेको थियो । जसअनुसार काठमाडौंबाहेक अन्यत्र जिल्लाबाट एका–दुई टोली खटिए पनि धेरैजसो पेशागत महासंघको तर्फबाट जम्माजम्…