प्रधानमन्त्री आइपुग्नुअघि सडकमा यात्रुलाई सास्ती

प्रधानमन्त्री आइपुग्नुअघि सडकमा यात्रुलाई सास्ती
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्कनुभएको छ । उहाँ संयुक्त अरब इमिरेट्सको दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ मा साँझ सवा ६ बजे काठमाडौं आइपुग्नुभएको हो ।

उहाँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन गत बुधबार ३० जनाको टोलीको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको हो । नेपाली टोली नेपाल वायुसेवा निगमको उडानमा त्यता गएको थियो । 

प्रधानमन्त्री दाहाल काठमाडौंमा साँझ ६ बजे आइपुगे पनि राजधानीका सडकमा झण्डै चार घण्टा अघिदेखि सुरक्षाकर्मी तैनाथ गरिएको थियो । उनीहरुले झण्डै एक घण्टाअघि ५ बजेदेखि सडकमा सवारी साधन र पैदल यात्रुलाई रोकेपछि धेरैले सास्ती खेप्नुपरेको प्रतिक्रिया दिएका छन् ।

टिप्पणीहरू