माधव नेपालकाे चीनबाट आगमन

माधव नेपालकाे चीनबाट आगमन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमणबाट फर्कनुभएको छ । १५ सदस्यीय टोलीको नेतृत्व गर्दैै कात्तिक २१ गते चीनको युन्नान प्रान्तको खुनमिङ जानुभएका नेपाल हिजो राति काठमाडौं आइपुग्नुभएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालसहित पार्टीका १३ जना नेता रहेको टोली चाइना साउदर्न एअरलाइन्सको उडान नम्बर सीजेड ३०६७ मा गोङ्झाऔबाट राति १० बजे आइपुगेको हो ।
 

टिप्पणीहरू