माधव नेपालसँगै काँग्रेस नेता उत्तर प्रस्थान, पशुपति समशेरको दक्षिणबाट आगमन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी चीन भ्रमणमा जानुभएको छ । उहाँ साँझ पौने ६ बजे काठमाडौंबाट चीनको युन्नान प्रान्तको खुनमिङ जानुभएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष नेपाल चाइना इस्टर्न नेपालको उडान नम्बर एमयु ९६१८ मा त्यसतर्फ जानुभएको हो ।
टोलीमा श्रीमती गायत्रीसँगै कृषिमन्त्री बेदुराम भुसाल, नेताहरु विद्या चाम्लिङ, सुधिर साह, विष्णु महतो, शर्मिला पौडेल, अब्दुल हु…