माओवादीले विशेष महाधिवेशनपछि नयाँ विचार ल्याउने
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताउनुभएको छ ।
रूकुमपश्चिमको बाँफिकोटमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुराको जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो जनयुद्धको बेला हामीले विचार संश्लेषण गर्यौं, त्यसले पार्टीलाई केन्द्रीकृत गर्यो, विचारमा एकरूपता कायम भयो, संगठनमा एकतासहित गति हासिल भयो । पछिल्लो समय हामीले विचार संश्लेषणलाई महत्व दि…