प्रधानमन्त्री मन्त्री क्वार्टर पुल्चोकमा

प्रधानमन्त्री मन्त्री क्वार्टर पुल्चोकमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्री निवास पुल्चोक पुग्नुभएको छ । उहाँ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन त्यहाँ पुग्नुभएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्री निवासमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग केहीबेर कुराकानी गरेपछि उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

चीन भ्रमणको क्रममा गृहमन्त्री श्रेष्ठलाई कात्तिक १ गते बेइजिङमा हृदयाघात भएपछि स्थानीय पेकिङ युनियन मेडिकल कलेजमा उपचार गरिएको थियो । 

उहाँ अस्ति अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । बेइजिङबाट छन्तु हुँदै आज बिहान ११ बजे काठमाडौं आइपुग्नुभएको हो ।

टिप्पणीहरू