पहिलो दिन नै सुनिता अनुपस्थित
संसदको आजदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा एमाले सचेतक सुनिता बरालको खोजी भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेको उक्त बैठकमा बरालको उपस्थिति नदेखिएपछि नेताहरुले सोधखोज गरेका थिए ।
एमाले स्रोतका अनुसार बरालको फोन हिजोदेखि ‘स्वीच अफ’ छ । आजको संसद बैठकमा सचेतक नै नआउँदा प्रमुख सचेतक महेश बर्तौलालगायतले सोधखोज गरेका थिए । संसदको बैठकसँग सम्बन्धित प्रमुख सचेतकलाई स…