कहाँ–कहाँ छिर्दैन बालेनको डोजर ?
‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको गतिविधिसँग मेल खान थालेको छ । साना टहरामा डोजर चलाएर के–के न गरें भन्ठान्ने उनले मापदण्डविपरीत बनेका पहुँचवाला व्यवसायीको संरचनालाई त्यत्तिकै छोडिदिएका छन् । उनका फौजको आँखा ठुल्ठूला ग्रुपले ठड्याएका अवैध संरचनातिर जान सकेको छैन । महानगरले नक्सा पास विपरीत र सरकारी जग्गा कब्जा गरेर निर्मित सम्पूर्ण संरचना भत्काउने दाबी गर्दै आएको छ । तर, व्यवहारमा भने त्यस्तो देख…