रविका सांसदहरु प्रधानमन्त्री बोलुञ्जेल बाहिर, आफ्नो पालोमा भित्र
संसद बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु अहिले बैठक कक्षभित्र प्रवेश गरेका छन् । उक्त पार्टीकी सांसद सोबिता गौतमले सभामुख देवराज घिमिरेले आकस्मिक समयमा आफूहरुलाई आफ्नो भनाई राख्न नदिएपछि बैठक बहिष्कार गरेको बताएकी छन् ।
संसद परिसरमा बोल्दै भनेकी छन्, ‘संसद्को पहिलो दिन केही विशेष कुरा राख्न चाहेका थियौँ । तर सभामुखले समय नदिएपछि विरोधस्वरुप १५ मिनेट बैठक बहिष्कार गरेका हौँ । १५ मिनेट पूरा भएकाले अब भित्र जाने तयारीमा छौं ।’
सभामुख घिमिरेले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धारणा राख्न दिएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैठकलाई सम्बोधन गर्नुभयो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई दलीय हैसियतको आधारमा धारणा राख्न दिने क्रममा अहिले एमाले सांसद योगेश भट्टराईलाई बोल्न दिइएको छ ।
टिप्पणीहरू