समाजवादी मोर्चाले काठमाडौँमा आमसभा गर्ने
संसदभित्र र बाहिर रहेका चार राजनीतिक पार्टी सम्मिलित समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौँमा विशाल आमसभा गर्ने भएको छ ।
आलोकनगरस्थित एकीकृत समाजवादीको मुख्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सातै प्रदेशमा अन्तक्रिया गर्ने र चैत पहिलो साता मधेशमा पनि आमसभा गर्ने बैठकको निर्णय छ ।
मोर्चाले हिजो प्रज्ञा प्रतिष्ठानमा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाली मौलिकतासहितको समाजवाद स्थापनाको दीर्घकालीन लक्ष्यसहित नेकपा माओवादी क…