क्रान्तिकारीको महासचिवमा राई प्यानलका मगर निर्वाचित

क्रान्तिकारीको महासचिवमा राई प्यानलका मगर निर्वाचित
सुन्नुहोस्

नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी)को महासविचमा रोशन थापा मगर निर्वाचित भएका छन् । 

निर्वाचन समितिका अनुसार सात जना प्रतिश्पर्धीलाई पछि पार्दै उनले महासचिव जितेका हुन् । पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षीय हेमन्त राई प्यानलबाट उनी महाचिव उठेका थिए ।  

त्यस्तै, सचिव पदमा पनि ११ जना निर्वाचित भएका छन् । तीमध्ये खुला तर्फबाट निर्वाचित वीरेन्द्र जिसी र सम्झना राई, आदिवासी तथा जनजाति तर्फका आर्टिस्ट मोक्तान, युन्छा हाग्ग मावो र समकृत पुन, मधेसी कोटाका अमर मण्डल राई प्यानलका हुन् । 

अन्य पाँच जना प्रेम जैसी, शिशिर बस्याल, तिर्सना आलेमगर, जितेन्द्र भण्डारी र आशा उपरकोटी भने पार्टी हेडक्वाटरको समर्थन पाएका अध्यक्षका उम्मेदवार विजय प्रकाश सापकोटा समूहका हुन् । कोषाध्यक्ष निर्वाचित फूलमाया रानामगर पनि राईको प्यानलबाट उठेकी थिइन् ।

टिप्पणीहरू