एक वर्ष नपुग्दै श्रमिक कम्युनिष्ट पार्टी विघटित
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीलगायत विभिन्न पार्टीबाट विद्रोह गरेर आएकाहरुले गत वैशाखमा गठन गरेको श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको छ । क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पूर्णबहादुर सिंहको नेतृत्वमा रहेको उक्त पार्टीले सच्चा कम्युनिष्ट तथा श्रमजीवीको भावनाअनुसार काम गर्न नसकेको भन्दै पार्टी विघटन गरिएको छ ।
राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमख लोकेश विश्वकर्मालगायत २५ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनीहरुले जनताको त्…