शहीद परिवारसँग प्रचण्डको लन्च
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेका शहीद परिवारसँग भेटघाट गर्नुभएको छ ।
नेपालगञ्ज व्यापार महोत्सव उद्धघाटनका लागि त्यता पुगेका बेला उहाँले जनयुद्धका शहीद परिवारसँग भेट गर्नुभएको हो । त्यसक्रममा अध्यक्ष प्रचण्डले खजुरा गाउँपालिका-३ धवलागिरीस्थित शहीद डम्बर रानाभाटको परिवारका सदस्यसँगै बसेर खानासमेत खानुभयो ।
बिहान सुर्खेत जानुभएका प्रचण्डले बर्दियाको बबई पुल आसपासको मध्यवर्ती क्षेत्रका जनतासँग पनि भेटघाट गर्नुभएको थियो…