प्रधानमन्त्रीलाई रिस उठ्नै छाड्यो

प्रधानमन्त्रीलाई रिस उठ्नै छाड्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सञ्जालमा आफूविरुद्ध गरिएका ट्रोल र कूप्रचार देखेर रिस उठ्नै छाडेको बताउनुभएको छ । कानुन व्यवसायीहरुको सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले अनगर्ल प्रचारले सुरु–सुरुमा केही प्रभाव पारे पनि पछिल्लो समय बानी पर्न थालेको उल्लेख गर्नुभयो । 

एमाले अध्यक्षसमेत रहनुभएका ओलीले पत्नी राधिका शाक्यविरुद्ध पनि भ्रामक प्रचार गर्न थालिएकोमा असन्तुष्टि जनाउनुभयो । ‘हिजो बिहान उठेर फेसबुक खोलेको, हिन्दीमा बोलिरहेको थियो’, उहाँले भन्नुभयो, ‘नेपालको प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्यको स्वीट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ रे, यस्तो सुन्दा रिस उठ्नुपर्ने हो नि, तर अब रिस नै उठ्न छाड्यो ।’

त्यहाँबाट सिंहदरबारमा आयोजित शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्न जानुभएका उहाँले लोकतन्त्रको नाममा विकासलाई अवरोध गर्ने कार्य स्वीकार्य नहुने पनि बताउनुभएको छ । 

‘हामीले लामो संघर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ, तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैन’, उहाँले थप्नुभयो ।

टिप्पणीहरू