रास्वपा लक्षित प्रधानमन्त्रीको कटाक्ष- धेरै तमासा गर्नुपर्दैन !
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई रचनात्मक आलोचना गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय सरकारको काम कारवाहीभन्दा पनि चरित्र हत्या गर्ने उद्धेश्यसहित आलोचना बढेकोप्रति असन्तुष्टि जनाउँदै त्यस्तो अनुरोध गर्नुभएको हो । सरकारको आलोचना गर्ने कुनै कुरा नपाएपछि विपक्षीहरु व्यक्तिविरुद्ध लागेको उहाँको अनुभव छ ।
‘सरकारको आलोचना गर्ने कुनै कुरा नपाएपछि हावादारी कुरा गर्ने प्रवृति बढिरहेको छ । स्वीट्जरल्याण्डको बैंकमा यति राख्या छ, उता टेलिकममा यति लगानी छ भनेर कपोपल्पित भ्रम नफैलाउनुस्’, प्रधानमन्त्रीले भन्नुभयाे, ‘गाली नै गर्नु छ भने सरकारको रचनात्मक आलोचना गर्नुहोस् न । तर, चरित्र हत्या गर्न कलोकल्पित र निराधार प्रचार गर्नु राजनीतिक दलहरुको मर्यादाविपरित हुन्छ ।’
त्यस्तै उहाँले ‘संसद हाम्रो हो’ भनेर धेरै तमासा नदेखाउन भन्दै कटाक्ष गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई लक्षित गर्दै भन्नुभयो, ‘धेरै संसद प्रतिपक्षको हो भनेर भनिरहनु पर्दैन, उसोभए सत्तापक्षको के हो त ? यो सबैको संसद हो । संसदमा कानुन, विधेयक सरकारले ल्याउँछ । संसदलाई विज्नेस दिने सरकारले हो ।’
टिप्पणीहरू