विपक्षीलक्षित आरोपसँगै ‘राजनीतिक बन्ध्याकरण’ को चर्चा

विपक्षीलक्षित आरोपसँगै ‘राजनीतिक बन्ध्याकरण’ को चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्दै यसअघि बारम्बार विश्वासको मत लिने गरिएको तमासालाई नेपाली काँग्रेस र एमालेले मुक्त गराएको दाबी गर्नुभएको छ । आजदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु । सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’

उहाँले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रतर्फ लक्षित गर्दैै ‘सत्ता–पत्ता’ अर्थात् सत्ता कार्डको सन्दर्भ उल्लेख गर्नुभएको हो । प्रधानमन्त्रीले माओवादीको नाम उल्लेख नगरी सत्ताको डुंगामा प्वाल पार्ने र अर्को नयाँ डुंगा चलाउने गरेको आरोप पनि लगाउनुभएको छ ।

टिप्पणीहरू