सभामुखले बोल्न नदिएपछि रास्वपाद्वारा संसद बहिष्कार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) संसदको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेको छ । कार्यसूचीमा प्रवेश नगर्दै आसनबाट उठेर अवरोध गरेका सो पार्टीका सांसदहरु बैठक छोडेर बाहिरिएका छन् ।
सभामुखले सदनको काम कारवाही अघि बढाइरहँदा रास्वपाका सांसदहरुले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले उनीहरुलाई बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै पछि बोल्न दिने बताए । बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोहीक्रममा आफ्ना धारणा राख्न सभामुखले सुझाए पनि रास्वपाका सांसदहरुले मानेनन् ।
अवरोधकैबीच सभामुख घिमिरेले बैठक अघि बढाएपछि केहीबेर होहल्ला गरेका रास्वपा सांसदहरु बैठक छाडेर निस्केका हुन् ।
अहिले संसद बैठक चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
टिप्पणीहरू