हिउँदे अधिवेशनको पहिलो बैठकमा रास्वपाको अवरोध

सुन्नुहोस्

प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा अहिले बैठक बसिरहेको छ। 

तर, बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ । सभामुखले कारवाही अघि बढाईरहँदा सो पार्टीका सांसदहरु आ-आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको हो ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरिरहेका छन् । बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोहीक्रममा आफ्ना धारणा राख्न सभामुखले सुझाए पनि रास्वपाका सांसदहरुले मानेका छैनन् ।
 

टिप्पणीहरू