सुख्खा पहिरो पन्छाउन कम्तिमा दुई दिन (फोटोफिचर)
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खस्दा करिब ३५ सय सवारी साधन सडकमा रोकिएको छ । इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा गएको भीषण पहिरोका कारण सडक अवरुद्ध छ ।
पहिरोले सडकको करिब १६० मीटर लम्बाइ ढाकेको छ भने १८ मीटर अग्लो ढुंगामाटो थुप्रिएको छ । पहिरो हटाउन कम्तीमा दुई दिन लाग्ने देखिन्छ । सडक बन्द भएपछि दशैंको समयमा मालवाहक र यात्रुवाहक सवारीका चालक र यात्रुहरुको बिजोग भएको छ ।
सो सडकखण्डमा केही दिनयता निरन्तर पहिरो खसिरहेको…