पशुपतिमा तीजको बेग्लै उमङ्ग (फोटो फिचर)
हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा श्रद्धालु महिलाको भीड लागेको छ । ब्रत बसेका महिलाहरू बिहान सबेरैदेखि पूजाका लागि पशुपति पुगेका हुन् ।
पशुपति क्षेत्र विकास कोषले यो वर्ष भक्तजनलाई सहज बनाउन विशेष व्यवस्था गरिएको जनाएको छ । भीड व्यवस्थापनसँगै गर्मीबाट बच्न पहिलोपटक मन्दिर परिसरमा ‘वाटर ड्रपलेट’ को सुविधा राखिएको छ । पश्चिम ढोकामा परीक्षण स्वरूप सुरु गरिएको यो वाष्पीकरण प्रणाली प्रभावकारी देखिए अन्य अवसरमा पनि निरन्तर गर्ने कोषले जनाएको छ ।
विगतका वर्षमा तीजको भीडमा गर्मीका कारण महिलाहरू बेहोस हुने, ढल्ने घटना भएको थियो । भक्तजनले पनि भीड र घाममा उक्त सुविधा उपयोगी भएको जनाएका छन् ।
तस्बिरहरु










टिप्पणीहरू