१७ औं शताब्दीको सिंचाइ प्रणाली विश्वसूचीमा (फोटो फिचर)

१७ औं शताब्दीको सिंचाइ प्रणाली विश्वसूचीमा (फोटो फिचर) फोटो स्रोत : सिन्ह्वा ।

चीनमा १७ औं शताब्दीको सिंचाइ प्रणालीलाई विश्व धरोहर सिंचाइ संरचना सूचीमा समावेश गरिएको छ । अन्तर्राष्ट्रिय सिंचाइ तथा निकासी आयोगको हालै बसेको ७६औं अन्तर्राष्ट्रिय कार्यकारी परिषद् बैठकपछि चीनको पूर्वी प्रान्त चियाङसुस्थित जुरोङ सहरमा रहेको चिशान ताल सिंचाइ प्रणालीलाई उक्त सूचीमा राखिएको छ । 

१७ औं शताब्दी पुरानो चिशान ताल सिंचाइ प्रणालीमा आवश्यक स्लुइस गेट सन् १९५० भन्दा अघि निर्माण गरिएको थियो । यो ऐतिहासिक प्रणालीले अहिले पनि करिब पाँच हजार एक सय हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

टिप्पणीहरू