एकैदिन दुई पर्व, नेवार समुदायका अधिकांश व्यस्त

नेवार समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन् । आज खानेपानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत सफा गरिन्छ । काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदाय आज बिहानैदेखि उक्त कार्यमा व्यस्त देखिन्छन् ।
सिथि नखः पछि वर्षा सुरु हुने परम्परागत मान्यता छ । अब धान रोपाइँ शुरु हुने भएकाले यसलाई अन्तिम पर्वको रुपमा लिइन्छ । आज पानीको मुहानमा पूजा गरेपनि खेतबारीमा काम गर्न नहुने धार्मिक मान्यता छ ।
आज भगवान कुमारको जन्मदिन पनि भएकाले कुमारको पूजासँगै मास, मुगी, केराउलगायत दलहनबाट बनेको बारा, चटामरी पकाएर चढाउने र खाने गरिन्छ ।
आजै रातो मच्छिन्द्रनाथ यात्राको अन्तिम दिन भोटो देखाईँदै छ । जावलाखेलमा आज अपरान्ह रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम छ । नेवार समुदायमा सहकाल र वर्षाको देवताको रुपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो जात्राको निकै महत्व छ ।
तस्बिरहरु
टिप्पणीहरू