वुहानको पर्यायवाची : एल्लो क्रेन टावर

चीनको वुहानलाई चिनाउने ऐतिहासिक र पुरातात्विक धरोहरको रुपमा एल्लो क्रेन टावरलाई लिइन्छ । वुचाङ जिल्लाको स्नेक हिलमा रहेको टावर चीनको निकै प्रतिष्ठित र प्राचीन वास्तुकलामध्ये एक रहेको बताइन्छ ।
उक्त टावर पूर्वी वु राज्यका शासक सन क्वानले नदी सुरक्षाका लागि निरीक्षण गर्न सैन्य वाच टावरको रूपमा निर्माण गरेको ऐतिहासिक मान्यता छ । इस्वी सम्बत् २२३ देखि नै कायम रहेको यो टावर युद्ध, आगलागी र प्राकृतिक प्रकोपका कारण धेरै पटक भत्किएकाले पटक पटक पुनर्निर्माण गरिएको थियो ।
टावरभित्र इतिहास, सांस्कृतिक अवशेष, महत्वपूर्ण चित्र र ऐतिहासिक कागजातहरू सुरक्षितसँग राखिएको छ । टावरबाट याङ्त्जे नदी र वुहान सहरको मनोरम दृश्य सहजै नियाल्न सकिन्छ । टावरले वार्षिक लाखौं आगन्तुकलाई आकर्षित गर्दै आएको छ ।
तस्बिरहरु
टिप्पणीहरू