निषेधित सहर : मुलुककै सांस्कृतिक धरोहर

निषेधित सहर : मुलुककै सांस्कृतिक धरोहर

चीनको राजधानी बेइजिङमा रहेको निषेधित सहर चीनको सत्ता, संस्कृति र ऐतिहासिक गौरवको प्रतिक मानिन्छ । ९६१ मिटर लम्बाई र ७५३ मिटर चौंडाइमा फैलिएको छ।

यहाँ ९० भन्दा बढी दरबार र ९८ वटा भवन छन्, जसले चीनको सांस्कृतिक सम्पत्ति र ऐतिहासिक धरोहरको रुपमा विश्वव्यापी मान्यता पाएको छ ।

निषेधित सहरको इतिहास

सन् १४२० मा निर्मित यो सहरले पाँच सय वर्षसम्म चीनको राजनीतिक, सामाजिक र धार्मिक केन्द्रको भूमिका निभाएको थियो । २४ सम्राटहरूको आवास रहेको यो ऐतिहासिक स्थल सन् १९२५ पछि संग्रहालयमा रूपान्तरण भएको हो ।

आज ‘प्यालेस म्यूजियम’को रूपमा परिचित उक्त स्थानमा दैनिक लगभग ८० हजार पर्यटक भ्रमण गर्छन् । यहाँ प्रदर्शित कलाकृतिहरू र वास्तुकला चीनको गौरवको प्रतीक हुन् ।

वास्तुकलामा परिपूर्णता

निषेधित सहरको डिजाइन कन्फ्युसियस दर्शनमा आधारित छ, जसले चीनको परम्परागत सामाजिक संरचना झल्काउँछ । वाह्य अदालतले राज्यका औपचारिक कामहरू सम्हाल्थ्यो भने आन्तरिक अदालत सम्राट र उनको परिवारको निजी क्षेत्र थियो।

सामाजिक भूमिका र परिवर्तन

सम्राट रानीका महलहरूको स्थानले स्त्री–पुरुषको सामाजिक भूमिकालाई संकेत गर्छ । १८औं शताब्दीको अन्त्यमा गरिएको पुनर्निर्माणले महिलाको भूमिकामा आएको परिवर्तन झल्काउँछ ।

धार्मिक र सांस्कृतिक महत्व

यस सहरमा राज परिवारका वृद्ध सदस्यहरूका लागि विशेष ठाउँ तथा धार्मिक स्थलहरू पनि बनाइएको थियो । यसले मन्चू परम्पराको संरक्षण गरेको पाइन्छ ।

निष्कर्ष

निषेधित सहर चीनको सांस्कृतिक र ऐतिहासिक सम्पदाको महत्वपूर्ण स्रोत हो । यसको संरचना र इतिहासले चिनियाँ समाजको विकसित रुप र शासनको परिपक्वतालाई २१ औं शताब्दीमा समेत प्रष्ट पारेको छ ।

थप तस्बिरहरु


 

टिप्पणीहरू